कारोबार


लक्ष्मी सनराइज बैंक र आईएफसीबीच साझेदारी

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच साझेदारी

नेपालखबर
असार १३, २०८२ शुक्रबार १९:५१, काठमाडौँ

लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासतर्फ महत्त्वपूर्ण कदम चाल्दै इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ। 

यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुइ मुख्य क्षेत्रहरुमा आफ्नो पहल केन्द्रित गर्नेछ। 

यस सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक (फाइनान्सियल इन्स्टिच्युसन्स ग्रुप – अपस्ट्रिम एन्ड एडभाइजरी) मेहदी चेरकाउईले हस्ताक्षर गरे।

यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार  ग्राहकहरूको दीर्घकालीन हितलाइ प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बैंकको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad