कारोबार


गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छ सुन र हीरा?

गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छ सुन र हीरा?

नेपालखबर
असार ११, २०८२ बुधबार १४:१२, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। 

उनले सेयरबजारमा मात्रै १४ करोडमाथिको लगानी गरेको राष्ट्र बैंकमा पेस गरेको सम्पत्ति विवरणले देखाएको छ। 

सार्वजनिक विवरणअनुसार सानिमा बैंकमा २ करोड ४४ लाखबराबरको सेयर लगानी हुँदा सानिमा मिडल तमोर हाइड्रोमा १ करोड ८८ लाख, संयुक्त ऊर्जा हाइड्रोपावरमा ५ करोड, चितवनको इनर्जी लिमिटेडमा २ करोड ५० लाख, सानिमा माई हाइड्रोमा ९२ लाख रुपैयाँको सेयर लगानी देखिएको छ। 

पौडेलले पत्नी प्रतिभा शर्माको नाममा पनि ग्लोबेको प्रालिमा ३७ लाख ५० हजार बराबरको सेयर लगानी गरेका छन्। यस्तै पौडेलको ३ वटा बैंक खाता र श्रीमतीको ३ वटा बैंक खातामा करिब २० लाख रुपैयाँ मौज्दात रहेको विवरणमा खुलाइएको छ। 

उनले सानिमा बैंककै खातामा १३ लाख २३ हजार, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा २ लाख ५९ हजार र सानिमा बैंककै डलर खातामा ६६ डलर रहेको खुलाएका छन्। 

यस्तै श्रीमतीको नाममा सानिमा बैंकमा १२ हजार, प्रभु बैंकमा ४ लाख ७३ हजार र सानिमा बैंकको डलर खातामा ४४ सय रुपैयाँ रहेको उल्लेख गरेका छन्।

योबाहेक गभर्नर पौडेलले ४५ तोला सुन र करिब १५ लाख बराबरको हीरा रहेको समेत खुलाएका छन् भने श्रीमतीको नाममा काठमाडौँ र चितवनमा घरजग्गा रहेको विवरण सार्वजनिक गरेका छन्। 

गभर्नर पौडेलले आफ्नो सम्पत्ति स्वआर्जन र पैतृक स्रोतबाट आर्जन भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad