कारोबार


प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १८ प्रतिशत लाभांश दिने

प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १८ प्रतिशत लाभांश दिने

नेपालखबर
असार ९, २०८२ सोमबार १४:८, काठमाडौँ

प्रभु इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांशको घोषणा गरेको छ। 

कम्पनीले आर्थिक वर्ष २०८०÷८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १८ प्रतिशतबराबरको बोनस सेयर दिने भएको हो। 

कम्पनीले २५ करोड ९४ लाख ६७ हजार ८ सय ५२ रुपैयाँबराबरको सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.९४७४ प्रतिशत बराबरको १ करोड ३६ लाख ५६ हजार २०३ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ।

कम्पनीले नगद र बोनस गरेर कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्नेछ। 

कम्पनीले प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएसँगै आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad