कारोबार


स्थानीय बासिन्दाका लागि दरमखोला हाइड्रोले निष्काशन गर्‍यो आईपीओ

स्थानीय बासिन्दाका लागि दरमखोला हाइड्रोले निष्काशन गर्‍यो आईपीओ

नेपालखबर
असार ९, २०८२ सोमबार १४:१४, काठमाडौँ

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सोमबारबाट प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० करोड ३० लाख ५० हजार रुपैयाँबराबरको १० लाख ३० हजार ५ सय कित्ता सेयर निष्काशनमा ल्याएको हो।

कम्पनीले स्थानीय बासिन्दासँगै सोमबार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुका लागि पनि आईपीओ निष्काशन गरेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुका लागि २ लाख ९१ हजार ९ सय ५० कित्ता सेयर निष्काशनमा ल्याएको छ। 

योबाहेक कम्पनीले २९ करोड १९ लाख ५० हजार रुपैयाँबराबरको २९ लाख १९ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँबराबरको ३८.३३ प्रतिशत सेयर निष्काशन गर्ने स्वीकृति पाएसँगै पहिलो चरणमा प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरुमा सेयर निष्काशन गरेको हो। 

निष्काशन भएको आईपीओमा असार २३ गतेसम्म आवेदन दिन पाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad