साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको हो।
यस दिन ९ अर्ब १४ करोडको मात्र कारोबार भयो। २ करोड १५ लाख कित्ता बिक्रीपछि सो परिमाणमा कारोबार भएको नेप्सेले जनाएको छ।
आज २३ वटा सेयरको मूल्य मात्र बढ्दा २२५ वटाको घटेको छ।
सर्वाधिक बढेको जोशी हाइड्रोपावरका लगानीकर्ताले आइतबार प्रतिकित्ता ३१.६२ रुपैयाँ कमाए। यसबाहेक सप्तकोशी डेभलपमेन्टका लगानीकर्ताले ५०.३३, एनआईसी एसिया डिबेन्चरका लगानीकर्ताले ६०, गुराँस लघुवित्तका लगानीकर्ताले ७८.२९ र सिभिल डिबेन्चरका लगानीकर्ताले प्रतिकित्ता ३३ रुपैयाँ आम्दानी गरे।
तर पियोर इनर्जीका लगानीकर्ताले भने १०८.६२ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। यसबाहेक युनियन हाइड्रोपावर २७.२९, रसुवागढी हाइड्रो २२.०७, हिमालयन ऊर्जा विकास १४.४८ र मध्यभोटेकोशी जलविद्युतका लगानीकर्ताले १८.१८ रुपैयाँ गुमाएका छन्।
सर्वाधिक कारोबारमा दोर्दी खोला जलविद्युत् अगाडि छ। कम्पनीको ७५ करोडको, बुटवल पावरको ७४ करोडको, राधी विद्युतको ४९ करोड, सानिमा माई हाइड्रोको ४६ करोड र ङादी ग्रुप पावरको ४१ करोडको खरिदबिक्री भएको छ।
Shares

प्रतिक्रिया