नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब निक्षेप संकलन गर्ने भएको छ।
बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका तीनवटै बैंक तथा वित्तीय संस्थाहरुबाट ४२ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।
यसअघि असार ४ गते ९० अर्ब संकलनका लागि बोलकबोल आह्वान गरेको राष्ट्र बैंकले ८१ अर्ब मात्रै निक्षेप संकलन गर्न सकेको थियो।
बैंक तथा वित्तीय संस्थाहरुले २.९९ प्रतिशत ब्याजमा माग गरेभन्दा कम निक्षेप बोलबोलमा राखेका थिए। यसका कारण राष्ट्र बैंकले माग गरेजति निक्षेप संकलन गर्नसकेको थिएन।
आइतबार मात्रै राष्ट्र बैंकले ७० अर्ब रकम निक्षेप बैंक तथा वित्तीय संस्थाहरुलाई फिर्ता गरेको छ। लगत्तै फेरि केन्द्रीय बैंकले पुन: ६० अर्ब रकम खिच्न लागेको हो।
27
Shares

प्रतिक्रिया