चालू आर्थिक वर्षको ११ महिनामै नेपालको आयात १६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष ०८०/०८१ को सोही अवधिमा १४ खर्ब ५३ अर्ब रुपैयाँको आयात भएकोमा यस वर्ष १३.१५ प्रतिशतले बढेको हो।
भन्सार विभागका अनुसार निर्यात पनि ७७.७७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा १ खर्ब ३९ अर्ब रुपैयाँ रहेकोमा २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।
योसँगै नेपालको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।
57
Shares

प्रतिक्रिया