ad ad

कारोबार


ओपोद्वारा भीओएनआर भ्वाइस र भिडियो कलको सफल परीक्षण

ओपोद्वारा भीओएनआर भ्वाइस र भिडियो कलको सफल परीक्षण

नेपालखबर
चैत २६, २०७६ बुधबार १३:५,

ओपोले पूर्णतः नेक्स्ट जेनरेशन फाइभजी नेटवर्कमा आधारित भइ भ्वाइस र भिडियो कल गर्ने कार्यमा सफलता हात पारेको घोषणा गरेको छ। यस कार्यमा सफलताका साथै अब उच्च गुणस्तरीय फाइभजी अनुभव वास्तविकताको थप नजिक पुगेको छ।

एरिक्सन र मिडियाटेकसँग सहकार्य गर्दै मिडियाटेकको डाइमेन्सिटी १००० सिरिज एसओसी सुसज्जित ओपोद्वारा परिमार्जित कमर्सियल स्मार्टफोन मार्फत एरिक्सन रेडियो सिस्टम प्रडक्ट्स एण्ड सोल्यूसनद्वारा सञ्चारित इन्ड टू इन्ड फाइभजी स्ट्यान्डअलोन (एसए) नेटवर्कको माध्यमबाट गरिएको हो।

भीओएनआर पूर्णतः फाइभजी नेटवर्क (एसए आर्किटेक्चर)मा आधारित आधारभूत कल सेवा हो। पछिल्ला कल सेवासँग तुलना गर्दा भोओएनआरले उल्लेखनीयरुपमा कम बिलम्बता, सुदृढ आवाजको गुणस्तर तथा गुणस्तरीय दृश्यानुभूतिका साथमा समग्र प्रयोगकर्ता अनुभवमै सुधार प्रदान गर्छ।

एसए आर्किटेक्चर भविस्यको फाइभजी नेटवर्कका लागि एक प्रमुख मेनस्ट्रिम आर्किटेक्चर हो। हाल वैश्विक अपरेटर्सहरु निकै सक्रीय रुपमा फाइभजी एसए नेटवर्कका लागि जग बसाउने कार्यमा लागि परेका छन्।

एसए आर्किटेक्चर मातहत भीओएनआर सपोर्ट गर्ने पहिलो मध्यकै एक मोबाइल फोन ब्राण्डका रुपमा प्रारम्भिक ग्रहणकर्ताहरुले समेत पूर्णतः समग्र फाइभजी अनुभवको मज्जा लिन सकुन् भन्नु ओपोको उद्देश्य हो।

नयाँ पुस्ताका सञ्चार प्रविधिका लागि सबल प्राविधिक क्षमताका स्मार्टफोन निर्माताको आवश्यकता पर्ने हुँदा यस सफलतासँगै अपरेटर्स तथा सञ्चार उपकरण बितरकहरुका लागि छनोटका आधारमा पहिलो प्राथमिकतामा समेत पर्न सघाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .