विजय लघुवित्तका तीन सस्थापक सेयरधनी एकैपटक बाहिरिने भएका छन्।
लघुवित्तका सूलोचना न्यौपाने,कृष्ण प्रसाद पौडेल र अजय कुमार पटेल पटनवारले आफ्नो स्वामित्वमा रहेको सेयर विक्रीमा राखेको हुन्।
उनीहरुले २४ हजार ४ सय ५५ कित्ता सेयर बिक्रीमा राखेका हुन्। जसमा सुलोचना न्यौपानेको नाममा १३ हजार ७ सय १४ कित्ता, कृष्ण प्रसाद पौडेलको नाममा रहेको ८ हजार ३ सय १४ कित्ता र अजय कुमार पटेल पटनवारको नाममा रहेको २ हजार ४ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
लघुवित्तले पहिलो चरणमा उक्त सेयर संस्थापक सेयरधनीहरुमा विक्रीमा राखेको छ। संस्थापक सेयरधनीहरुले खरिद नगरेको वा गर्न बाँकी रहेको सेयर भने लघुवित्तले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि विक्रीमा राख्नेछ।
हाललाई भने इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ।
Shares

प्रतिक्रिया