समाज


बागमती नगरपालिकाका निलम्बित मेयर थापा ३ लाख धरौटीमा रिहा

बागमती नगरपालिकाका निलम्बित मेयर थापा ३ लाख धरौटीमा रिहा

नेपालखबर
असार ५, २०८२ बिहिबार १२:१३, काठमाडौँ

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा विशेष अदालतमा तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरण मुद्दामा थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। 

अख्तियारले २०८१ जेठ २९ गते मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान, मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित ८ जनाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा ५६ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको थियो।

यसअघि सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले पनि गएको सोमबार उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

थापामाथि अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी वन ऐनको उल्लङ्घन गरेको आरोपमा सर्लाही जिल्ला अदालतमा पनि मुद्दा दायर भएको छ। 

थापाविरुद्धका अरु दुई मुद्दा विशेष अदालतमा विचाराधिन अवस्थामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad