कारोबार


अमेरिकी दूतावासले भन्यो– एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ

अमेरिकी दूतावासले भन्यो– एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ

नेपालखबर
असार ४, २०८२ बुधबार १७:५६, काठमाडौँ

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। 

नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी सरकारले निरन्तरता दिन र पूर्ण कार्यान्वयन गर्न भनेको हो।

‘यद्यपि अमेरिकी विदेशी सहायतामाथिको समीक्षा निरन्तर चलिरहेको छ, सन् २०२५ फेब्रुअरीमा स्टेट सेक्रेटरीले अमेरिकाको विदेशी सहायता ९० दिनलाई स्थगित गर्ने निर्णयमा एमसीसी नेपाल कम्प्याक्टका लागि भने विशेष छुट दिने प्रस्तावलाई स्वीकृत गर्नुभएको थियो। सोही छुटअनुसार एमसीसी नेपाल कम्प्याक्टलाई पूर्ण कार्यान्वयनसहित निरन्तर रहने अधिकारप्राप्त भएको छ।’ 

एमसीसी र नेपालस्थित अमेरिकी नियोगले समीक्षाको रचनात्मक समर्थनमा सरोकारवालासँग निरन्तर छलफल गरिरहेको पनि उल्लेख गरिएको छ।

यस सम्झौताका सम्भावित नयाँ प्रावधानहरुसहित यसअन्तर्गत भइरहेका कार्यहरु अमेरिका र नेपाल सरकारको प्राथमिकतासँग मिल्दोजुल्दो छन् भनी सुनिश्चित गर्न र पारदर्शिता, सुदृढ शासन, प्रभावकारी वितरण र विवेकपूर्ण जोखिम व्यवस्थापन सुनिश्चित गर्न एमसीसीले अर्थ मन्त्रालय र एमसीए नेपालसँग निकटमा रहेर काम गरिरहेको दूतावासले जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिका समृद्धिको प्रवर्द्धन र दीर्घकालीन आर्थिक दिगोपनाबाट नेपाली जनतालाई सहयोग गर्न र आफ्नो नेपालसँगको द्विपक्षीय सम्बन्धप्रति प्रतिबद्ध छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad