कारोबार


ग्वार्को ओभरपास सञ्चालनअघि ४ शर्त पूरा गर्न संसदीय समितिको निर्देशन

ग्वार्को ओभरपास सञ्चालनअघि ४ शर्त पूरा गर्न संसदीय समितिको निर्देशन

संसद्‍को पूर्वाधार विकास समितिका सदस्यहरू ग्वार्को ओभरपास अनुगमन गर्दै (तस्बिर : सांसद निशा डांगी)


नेपालखबर
असार ४, २०८२ बुधबार १४:३५, काठमाडौँ

संसद्‍को पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ग्वार्को ओभरपास सञ्चालन गर्न ४ वटा शर्त पूरा गर्न निर्देशन दिएको छ।

निर्माणसम्पन्न भएको ओभरपासमा बुधबार निरीक्षणका लागि पुगेको समितिले भार क्षमता परीक्षण गरेर मात्रै गाडी कुदाउन निर्देशन दिएको हो। 

विकास समिति सभापति दीपकबहादुर सिंहले सीसीटीभी जडानसहित प्राविधिक परीक्षणपछि सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए। 

‘ओभरपासमा सडकबत्ती, सीसीटीभी, रोड मार्किङ गर्नुपर्ने र सडकको भार क्षमता गरेपछि मात्रै सडक सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र काटेका छौँ’, सिंहले भने, ‘सर्वसाधारणको जिउधनलाई पहिलो प्राथमिकतामा राख्दै सार्वजनिक यातायात चल्ने ठाउँमा प्राविधिक परीक्षण हुनुपर्छ भनेका छौँ।’

सडक विभागले असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराई सञ्चालन गर्ने तयारी गरेको छ। पूर्वाधार विकास समितिले सुरक्षाको पूर्वतयारीपछि मात्रै सवारीसाधन सञ्चालन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad