कारोबार


हेवा खोला बेलिब्रिज भाँचिएको घटना छानबिन गर्न समिति गठन

हेवा खोला बेलिब्रिज भाँचिएको घटना छानबिन गर्न समिति गठन

नेपालखबर
असार १, २०८२ आइतबार १२:२४, काठमाडौँ

मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल (बेलिब्रिज) भाँचिएको घटनाबारे छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ । 

मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन्। 

सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन्। 

समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थायी रुपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ। समितिले आइतबारदेखि नै काम सुरु गरिसकेको छ। 

मन्त्री दाहालले उक्त अप्रत्याशित घटनाप्रति दुःख व्यक्त गर्दै घाइते मजदुरहरुको ज्यान गएको प्रति गहिरो समवेदना व्यक्त गरे। 

उपचाररत घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad