कारोबार


विद्युत प्राधिकरण कठिन अवस्था छ: हितेन्द्रदेव शाक्य

विद्युत प्राधिकरण कठिन अवस्था छ: हितेन्द्रदेव शाक्य

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १५:१२, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण कठिन अवस्था रहेको बताएका छन्।  शाक्यले नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्था घाटामा गएर नभई कमजोर संरचनाका कारण सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न कठिनाइ भइरहेको  बताएका हुन्। 

शाक्यकाअनुसार अहिले प्रशारण र वितरण प्रणालीले धान्न सकिरहेको छैन। कमजोर प्रशारण प्रणाली र वितरण प्रणालीले गर्दा प्राधिकरणलाई कठिन अवस्थामा पुर्‍याएको हो। विद्युत पूर्वाधारमा भएको लगानी कमजोर रहेको बताउँदै पर्याप्त लगानीको खाँचो रहेको उनको भनाइ छ। 

'३ हजार ५ सय मेगावाट हुँदा समस्या छ २८ हजार ५ सयको लक्ष्य पूरा गर्न खोज्दा के होला?' उनले प्रश्न गरे। कम्तिमा १० हजार मेगावाट नभएसम्म विद्युत प्राधिकरणलाई सबलीकरण गर्नुपर्ने शाक्य बताउँछन्।  
 
‘नेपाल विद्युत प्राधिकरण अहिले कठिन अवस्थामा छ। प्राधिकरण घाटामा गएर कठिन परिस्थिति आएको होइन। नेपाल विद्युत प्राधिकरण अघि बढ्नुपर्ने बाध्यात्मक स्थीतिमा उभिएको छ,' उनले भने, 'सरकारले २८ हजार ५ सय उन्नती प्रगतिको लक्ष्य तोकेको छ । अहिले ३ हजा ५ सयलाई हाम्रो प्रशारण र वितरण प्राणालीले धान्न सकिरहेका छैनौं । हाम्रो प्रणाली त्यति कमजोर छ। अहिले ट्रिप भइरहेको छ  आज एउटा रुख ढ्ल्यो एउटा ट्रासमिसन लाइन  ट्रिप भयो।  सिस्टम ट्रिप भइरहेको छ। त्यो किन बलियो बनाउन सकेनौं? हाम्रो आर्थिक अवस्था, हामीले गर्नुपर्ने लगानी पर्याप्त गर्न सकेनौं।’

नेपाल अल्पविकासशील मुलुकबाट विकसित मुलुकमा जाँदै गर्दा सस्तो व्याजदरमा ऋण पाउन समेत कठिन हुने अवस्था रहेकाले प्रशारण लाइनदेखि वितरण लाइन बनाउन चुनौति रहेको उनी बताउँछन्। वैदेशिक सहयोग नआउने हो भने विद्युत प्राधिकरण एक्लैले यो क्षेत्रलाई धान्न नसक्ने उनले बताए।  निजी क्षेत्रले यसमा सहयोग गर्न उनले आग्रह गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad