संघीय प्रतिनिधिसभाको अर्थ समितिले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्काशन नरोक्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।
सार्वजनिक लेखा समितिको निर्देशन देखाएर नेटवर्थ नपुगेको भन्दै धमाधम बोर्डले आईपीओ निष्काशन रोकेपछि अर्थ समितिले नरोक्न निर्देशन दिएको हो।
अर्थ समितिले सार्वजनिक लेखा समितिले रोक्न लगाएको ९० रुपैयाँ कम नेटवर्थ भएका कम्पनीहरुको आईपीओ निष्काशनसम्बन्धी निर्देशन कार्यान्वयन नगर्न बिहीबार बोर्डलाई भनेको हो।
अर्थ समितिकी सचिव रेखा उपाध्याय खनालले १९ गतेको अर्थसमिति बैठकले गरेको उक्त निर्णय बिहीबार नै बोर्डमा पठाउने समितिको योजना रहे पनि भोलि मात्रै पत्र जाने बताइन्।
यसअघि लेखासमितिको नेटवर्थसम्बन्धी निर्देशन कानुनबमोजिम नरहेको पाएपछि समितिले कानुनबमोजिम गर्नु भन्ने पत्र बोर्डलाई पठाउने निणर्य गरेको उनले जानकारी दिइन्।
यसअघि अर्थसमितिले नेटवर्थको विषयमा कानुनी व्यवस्था के छ भनेर बोर्डसँग जवाफ मागेको थियो।
कानुनमा नेटवर्थको सीमा उल्लेख नभएको जवाफ बोर्डबाट पाएसँगै समितिले ९० रुपैयाँको नेटवर्थ सीमा हटाउँदै आईपीओ निष्काशनका लागि निर्देशन दिएको हो।
यस्तै समितिले ९० नेटवर्थभन्दा कम नेटवर्थ भएका कम्पनीहरुको सूची समेत बोर्डसँग माग गरेको छ।
Shares

प्रतिक्रिया