कारोबार


१३ अंकले घट्यो बजार, १७० वटा सेयरको मूल्य घट्यो

१३ अंकले घट्यो बजार, १७० वटा सेयरको मूल्य घट्यो

नेपालखबर
जेठ २८, २०८२ बुधबार १५:३७, काठमाडौँ

सेयरबजारमा १३.६९ अंकको गिरावट आएको छ। बजार परिसूचक नेप्से २६६४.४७ विन्दुमा झरेको हो। 

यस दिन २ करोड २० लाख कित्ता बिक्रीमा ९ अर्ब ९० करोडको कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार ७७ वटा सेयरको मूल्य बढे पनि १७० वटाको घटेको छ। 

बढ्नेमा जलविद्युत कम्पनीका सेयर अगाडि छन्। प्योर इनर्जी, सिनर्जी पावर डेभलपमेन्ट, बुटवल पावर कम्पनीको क्रमशः ९.९९, ९.९९ र ९.९३ प्रतिशतले सेयर उकालो लागेका छन्। रिभर फल्स पावर ७.६४ र गुराँस लघुवित्तको सेयर पनि ७.१४ प्रतिशतले बढेको छ। 

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ४.८३ प्रतिशतले घटेको छ। जुन अधिकतम गिरावट दर हो। कारोबारतर्फ आज राधी विद्युतको ६१ करोडको सर्वाधिक किनबेच भएको छ। यसबाहेक सानिमा माई हाइड्रोपावरको ५९ करोड, बुटवल पावरको ५८ करोड, युनिभर्सल पावर कम्पनीको ४७ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad