सरकारको चालू खाता र भुक्तानी सन्तुलन दुवै बलियो अवस्थामा देखिएका छन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा चालू खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा देखिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब २६ करोड थियो। यसैगरी, समीक्षा अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ७ अर्ब ५ करोड थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा छ।
Shares

प्रतिक्रिया