हङकङमा गहना चोरीको आरोपित घरेलु कामदारलाई १४ महिना जेल

रोजगारदाताको घरबाट ४७ वटा सामान चोरेर धितोमा प्रयोग
हङकङमा गहना चोरीको आरोपित घरेलु कामदारलाई १४ महिना जेल

पूर्वी अदालतले सोमबार आरोपितलाई १४ महिना जेल सजाय सुनाएको छ (एससीएमपी)


नेपालखबर
जेठ २७, २०८२ मंगलबार १२:१४, हङकङ

आफैँले काम गर्ने घरबाट सामान चोरेर धितोमा राखेकी एक घरेलु कामदार महिलालाई हङकङको पूर्वी अदालतले १४ महिना जेल सजाय सुनाएको छ।

महिलाले रोजगारदाताको घरबाट ४७ वटा सामान चोरी त्यसलाई दुई लाख हङकङ डलरमा धितो राखेको पाइएपछि अदालतले सोमबार उक्त सजाय सुनाएको हो।

फिलिपिन्सकी नागरिक ४१ वर्षीया शेरेल लिन भ्याले दजेले गतवर्ष सात महिनाको अवधिमा उक्त समान चोरी गरेको खुलेको छ। ह्याप्पी भ्यालीमा रहेको ब्ल्याक्स लिंकस्थित काम गर्न बसेको घरबाट उनले सुनका गहनासहित बहुमूल्य सामान चोरी गरेको स्वीकारेकी थिइन्।

उनले मार्च र अक्टोबरको बीचमा मास्टर बेडरूमको अनलक गरिएको वार्डरोबभित्र भण्डारण गरिएका बहुमूल्य सामान लगेको स्वीकार गरेकी हुन्।

सजाय सुनाउने क्रममा अदालतले चोरी भएका सामानमा सुनका विभिन्न हार, हीराको औँठी, सुनले जडित घडी, लटकन, ब्रासलेट र झुम्का समावेश रहेको बताएको छ।

६० वर्षीया गहनाकी मालिक क्रिस्टिन सिनले गतवर्ष अक्टोबर १३ मा आफ्ना बहुमूल्य सामान हराएको पत्तो पाएकी थिइन्। भोलिपल्ट बिहान घरेलु कामदारलाई केरकार पार्दा उनले गल्ती स्वीकार गर्दै धितोको रूपमा प्रयोग गरेको बताउँदै यससम्बन्धी कागजात देखाएकी थिइन्।

केरकारको यस समयमा पनि उनीसँग ४ हजार ३ सय हङकङ डलर मूल्य पर्ने घडी भेटिएको थियो। उनी सोही दिन दिउँसो पक्राउ परेकी थिइन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .