कारोबार


अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलर र बहराइन दिनारको घट्यो

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलर र बहराइन दिनारको घट्यो

नेपालखबर
जेठ २७, २०८२ मंगलबार ५:१७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर भने बढेको छ। यी मुद्राको विनिमयदर हिजो भने घटेको थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा छ। हिजो र अस्ती स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थोरै घटेको हो।

हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा छ। हिजो युरो एकको खरिददर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा थियो। 

त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ९० पैसा र बिक्रीदर १८५ रुपैयाँ ७१ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १५ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ०१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ४१ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २२ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad