कारोबार


पुँजीगत खर्च बढाउने गरी बजेट विनियोजन गरेको छु : अर्थमन्त्री पौडेल

पुँजीगत खर्च बढाउने गरी बजेट विनियोजन गरेको छु : अर्थमन्त्री पौडेल

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०८२ बुधबार १२:२, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्च बढ्ने गरी बजेट विनियोजन भएको बताएका छन्।

ठूला राजमार्गका लागि छुट्याइएको बजेट पर्याप्त नभएको स्वीकार गर्दै उनले ३ करोड कमका आयोजना नसमेटेकाले आगामी वर्ष घटाउने हिम्मत नगर्ने बताए।

उनले अबका दिनमा संवेदनशील क्षेत्रमा सडकको डिजाइन नै सिमेन्ट र डन्डीको प्रयोग हुने गरी आउने बताए। 

वातावरण प्रभाव मूल्यांकन भएका नदी र खानीबाट उत्पादन गरी प्रयोग हुने बताए। 

त्यस्तै,  निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहले पुँजीगत खर्चको ९० प्रतिशत खर्च हुँदा राजस्वका लक्ष्य र आर्थिक वृद्धि हुने बताएका छन्।

निर्माण व्यवसायीका ६ खर्बका आयोजना ठेक्का लागेको बताउँदै स्रोतको व्यवस्थापन गर्न माग गरेका हुन्। 

बजेटमा पूर्वधार क्षेत्र सम्बन्धि छलफलमा वक्तव्य अनुसार ४ हजार ६०० योजना सूचीबाट हटाउन सहजीकरण गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad