अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारीसाधनको कर नबढाएर ठीक गरेको बताएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित बजेटबारेको अन्तर्क्रियामा उनले ईभीमा कर नबढाएर सही निर्णय गरेको बताएका हुन्।
उनले भने, ‘ईभीमा कर नबढाएर ठीक गरेँ भन्ने लाग्छ।’
बजेटअघि अटो व्यवसायीहरुले सरकारले नयाँ बजेटमार्फत ईभीको कर बढ्न सक्ने भन्दै आयात तीव्र पारेका थिए।
तर उनीहरुले सोचेजस्तो भएन। ईभीको कर यथावत् नै राखिएको छ।
उनले ईभी प्रवर्द्धनकै लागि बजेटमा विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधन चार्जिङ्ग मेसिन उत्पादन तथा एसेम्बल गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म आयकर छुट हुने व्यवस्था मिलाएका छन्।
अर्थमन्त्री भन्छन्– बजेट कार्यान्वयनमा शंका गर्नुपर्दैन, आजैबाट कार्ययोजनाको काम सुरु हुन्छ
990
Shares

प्रतिक्रिया