कारोबार


अर्थमन्त्री भन्छन्– बजेट कार्यान्वयनमा शंका गर्नुपर्दैन, आजैबाट कार्ययोजनाको काम सुरु हुन्छ

अर्थमन्त्री भन्छन्– बजेट कार्यान्वयनमा शंका गर्नुपर्दैन, आजैबाट कार्ययोजनाको काम सुरु हुन्छ

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १३:४२, काठमाडौँ

अर्थमन्त्री विष्णु पाैडेलले बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन्।

बिहीबार ल्याएको बजेटबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अर्थ मन्त्रालयले कार्ययाेजनाको काम आजैबाट सुरू गर्ने बताए। 

आगामी आवमा पुँजीगत खर्च बढाइएकाे उनले जानकारी दिए। 

त्यसैगरी राजस्व लक्ष्यकाे १७ प्रतिशत निर्धारण गरिएकाेले जसरी पनि लक्ष्य हासिल गरिने उनको दाबी छ। 

‘आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.३ प्रतिशत उठाउने गरी लक्ष्य राखिएकाे छ’, अर्थमन्त्री पौडेलले भने,  ‘विकास आयाेजनामा वैकल्पिक वित्तबाट गर्ने प्रतिबद्धता गरिएकाे छ। स्वदेशी र विदेशी लगानीबाट पूर्वाधार निर्माण गरिनछ।’ 

३ कराेडकाे मापदण्डभित्र रहेर बजेट विनियाेजन गरिएकाे पनि उनले उल्लेख गरे।

‘३ कराेड तलका आयाेजना ल्याइएकाे छैन’, उनले थपे, ‘आयाेजना निर्माणका लागि  खरिद प्रक्रियाकाे लागि साउन १ गते कुर्नु पर्दैन।’ 

निजी क्षेत्र उत्साहित हुने गरी बजेट ल्याइएकाे उनको भनाइ छ। 

मन्त्री पौडेलले बिहीबार १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad