सरकारले डिजिटल कारोबारको मूल्यअभिवृद्धि कर (भ्याट) खारेज गरेको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै भ्याट खारेज गरेको हो।
‘डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न समाशोधन गृहको सेवामा लाग्दै आएको मूल्यअभिवृद्धि कर खारेज गरिएको छ’, बजेटमा उल्लेख छ।
सरकारले डिजिटल कारोबारमा १३ प्रतिशतसम्मको कर लगाउँदै आएको थियो। जसकारण सर्वसाधारणले मोबाइल बैंकिङजस्ता डिजिटल कारोबारमा प्रतिकारोबार १० देखि ११ रुपैयाँसम्म भ्याट तिर्दै आएका थिए।
सरकारले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका लागि भ्याट खारेज गरेसँगै यस्तो शुल्क पनि घट्ने भएको हो।
1.7k
Shares

प्रतिक्रिया