कारोबार


सरकारले फेरि ल्यायो क्रसरजन्य निर्यातको योजना, ढुंगा, गिट्टी र बालुवा भारत पठाइने

सरकारले फेरि ल्यायो क्रसरजन्य निर्यातको योजना, ढुंगा, गिट्टी र बालुवा भारत पठाइने

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:१, काठमाडौँ

सरकारले ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी निर्यात गर्ने योजना फेरि ल्याएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा वातावरणीय प्रभाव मूल्यांकन तथा अध्ययन गरी नदीजन्य र खानीजन्य वस्तुको उत्पादन गरी उपयोग र निर्यात गर्ने घोषणा गरेका हुन्।
 
 नेपाली वस्तुको उत्पादन र निर्यातलाई प्राथमिकता दिइने भन्दै बजेटमा यो प्रसंग उल्लेख छ।

यसअघि पनि क्रसर निर्यातको योजना ल्याउँदा सरकारको तीव्र आलोचना भएको थियो।

यसपालि सरकारले आयस्रोत बढाउने उद्देश्यले नेपालका ढुंगा, गिटी, बालुवा उत्खनन् गरी भारत निर्यातको योजना ल्याएको हो।

सरकारी अधिकारीहरूले क्रसरको कारोबार अहिले अनौपचारिक रूपमा भइरहेको र अब करको दायरामा मात्र ल्याउन लागिएको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad