पशुपति, बौद्धनाथ, स्वयम्भूमा सन्ध्याकालीन पदयात्रा विकास गरिने भएको छ।
अर्थमन्त्री विष्ण पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यस्तै पोखरा विमानस्थलाई पर्यटकीय हब र भैरहवामा पर्यटकसँगै श्रमिकका लागि सेवा थपिने अर्थमन्त्री पौडेलले बताए।
हवाइ कम्पनीलाई थप सहुलित प्रदान गरी उडान बढाइने भएको छ।
सुर्खेतमा प्रादेशिक विमास्थलको निर्माण थालनी गरिने भएको छ।
आन्तरिक विमास्थल पूर्वाधार विकासका लागि ५० करोड विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए।
सञ्चालनमा नआएका विमास्थललाई हवाइ खेलका लागि उपयोग गरिने भएको छ।
पर्यटन मन्त्रालयको बजेट १३ अर्ब २८ करोड विनियोजन भएको छ।
3
Shares

प्रतिक्रिया