अर्थमन्त्री विष्णप्रसाद पौडेलले नेपाली कच्चा पदार्थबाट निर्माण गरिएको झोलामा बजेट पुस्तिका राख्ने अघिल्लो वर्षबाट सुरु प्रचलनलाई निरन्तरता दिएका छन्।
पूर्वअर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८१र०८२ को बजेट पुस्तिका गाँजाबाट निर्मित नेपाली झोलामा राखेका थिए।
नेपाली उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले त्यसो गरिएको उनले बताएका थिए।
यसअघि विदेशी छालाबाट निर्मित महँगो ब्रिफकेसमा बजेट पुस्तिाका राख्ने गरिएको थियो।
यसपालि झट्ट हेर्दा अघिल्लो वर्षकै जस्तो देखिए पनि नयाँ झोला भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीतिअनुसार नै स्थानीय उत्पादनबाट बनेको झोलामा बजेट पुस्तिका राखिएको बताए।
‘हेर्दा अघिल्लो वर्षको जस्तै देखिए पनि बजारबाट नयाँ किनेर ल्याएको हो।
‘त्यतिबेला र अहिलेकोमा केही फरक छ। तर झोला नेपाली हो। नेपाली उत्पादन प्रवर्धन गर्ने प्रचलन जसले गरेको भए पनि निरन्तरता दिनुपर्छ भन्ने हो’, केसीले भने ।
Shares

प्रतिक्रिया