सरकारले नेपालमा वित्तीय पहुँच बढेको बताएको छ।
संसद्मा पेस भएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ।
सर्वेक्षणको प्रतिवेदनअनुसार वित्तीय पहुँच बढेको छ। सबै स्थानीय तहमा बैंङ्कको शाखा पुगेको छ। बैंङ्क तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २,५२७ जनसङ्ख्यामा बैंकिङ सेवा उपलब्ध भएको छ।
२०८१ फागुनमा बैङ्क तथा वित्तीय संस्थाका ११ हजार ५ सय ४३ शाखामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी २६.३ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ४.१ प्रतिशत रहेको छ । प्रति शाखा औसत जनसङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम १,७५९ रहेको छ।
२०८१ फागुनमसान्तमा बैंङ्क तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ। नेप्से सूचकाङ्क २०८१ फागुनमसान्तमा २७३६.४९ बिन्दु कायम भएको छ। जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसङ्ख्यामा पुगेको छ।
Shares

प्रतिक्रिया