कारोबार


बक्यौता कर तिर्न मध्यमस्तरीय करदाता कार्यालयले २१ कम्पनीलाई दियो १५ दिनको समय

बक्यौता कर तिर्न मध्यमस्तरीय करदाता कार्यालयले २१ कम्पनीलाई दियो १५ दिनको समय

नेपालखबर
जेठ १४, २०८२ बुधबार १३:५८, काठमाडौँ

आन्तरिक राजस्व विभागअन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालयले २१ कम्पनीलाई बक्यौता कर तिर्न ताकेता गरेको छ। 

सार्वजनिक सूचनामार्फत कर तिर्न बाँकी रहेका कम्पनीहरुलाई १५ दिनको समय दिइएको हो। 

कार्यालयले जारी गरेको सूचनाअनुसार माउन्ट एभरेस्ट ब्रुअरी प्रालि, डिभाइन स्ट्रिम नेटवर्क प्रालि, सेलवेज डिपार्टमेन्टल स्टोर प्रालि, श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, विशाल सिमेन्ट इन्डस्ट्रिज प्रालि, श्री खानीखोले इन्टरप्राइजेज, शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लि., मस्टा ग्रुप प्रालि, एडभान्स केमिकल इन्डस्ट्रि प्रालि, भुसाल केवल एन्ड वायर इन्डस्ट्रिज प्रालि रहेका छन्। 

त्यसैगरी लोकेन्द्र इन्टरप्राइजेज, गोरखा डिपार्टमेन्ट स्टोर, स्वीकृति सप्लायर्स, टच ल्याम्प पावर इन्जिनियरिङ प्रालि, श्यामबाबा राइस एन्ड फ्लोर मिल, चजियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेन, बज्रयोगिनी हार्डवेयर प्रालि, गुआङडोङ युआनियन रमण ज्वाइन्ट भेन्चर, एसएनजी एग्रो प्रालि, बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालि र शान्भी इन्टरनेशनल कम्पनी प्रालि रहेका छन्। 

उक्त कम्पनीहरुको विभागमा रहेको इन्टिग्रेटेड ट्याक्स सिस्टममा रहेको अभिलेखमा आयकर/अग्रिम करकट्टी/मूअ कर/अन्तःशुल्क बक्यौता देखिएको कार्यालयले जनाएको छ। उनीहरुलाई बक्यौता भुक्तानी गर्न पटक पटक टेलिफोन सम्पर्क, ताकेता, संकलन भ्रमण, छलफल तथा कार्यालयको अभिलेखमा भएको ठेगानामा पत्राचार गरे पनि हालसम्म बक्यौता दाखिला नभएपछि सूचना निकालिएको हो। 

दिएको समयमा दाखिला नगरे आयकर ऐन, अन्तःशुल्क ऐन र मूल्यअभिवृद्धि कर ऐनअनुसार कारबाही हुने कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad