लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङलाई पदमुक्तको लागि जनमत पार्टीले सभामुख तुलाराम घर्तीलाई पत्र पठाएको छ। जनमतका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङलाई पदमुक्तको माग गर्दै मंगलबार सभामुखसमक्ष पत्र पठाएका हुन्।
नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेश सभालाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा’ प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ। प्रदेशसभाले ११ औं बैठकमा पनि अनुपस्थित भए कारबाही अघि बढ्ने बताएको छ।
त्यसकै आधारमा प्रदेश सभा नियमावली २०७९ को नियम १९० को उपनियम १ अनुसार ‘सभाको कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले सो कुराको जानकारी सभालाई दिने’ उल्लेख छ। आज बुधबार प्रदेशसभा बैठक बस्दैछ।
Shares

प्रतिक्रिया