राजनीति


दलहरूबीच सहमति नजुट्दा संसद् बैठक स्थगित

दलहरूबीच सहमति नजुट्दा संसद् बैठक स्थगित

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १५:५९, काठमाडौँ

दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक स्थगित भएको छ।  बैठक भोलि बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको नाम जोडिएपछि उनको राजीनामा माग्दै विपक्षीले विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले विपक्षी दलका नेताहरू माओवादी केन्द्रका  वर्षमान पुन र रास्वपाका शिशिर खनाललाई बोल्न समय दिएका थिए।  उनीहरूले आफ्नो धारणा राखेर विरोध गरिरहे। 

त्यसपछि सभामुख घिमिरेले ३० मिनेटको लागि स्थगित गरेको बैठक अर्को सूचना टाँसेर २:३० बजेसम्मका लागि स्थगित भयो। सभामुखले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रमुख सचेतकसँग छलफल गरे। तर, उक्त छलफलमा पनि विपक्षी दलहरू गृहमन्त्री राजीनामाको विषयमा टसमस नभएपछि आजको बैठक कार्यसूचीमा प्रवेश नै नभई स्थगित भयो। 

बिहान ११ बजे बस्ने भनिएको बैठक १२ बजेमात्रै सुरु भएको थियो। बैठक सुरु भएलगत्तै विपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताउँदै नाराबाजी गरेका थिए। 

आज सहमति नजुटेपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad