कारोबार


आर्थिक गतिविधि बढाउन नसके मन्दी सुरु हुन्छः अध्यक्ष ढकाल

आर्थिक गतिविधि बढाउन नसके मन्दी सुरु हुन्छः अध्यक्ष ढकाल

नेपालखबर
जेठ १२, २०८२ सोमबार १५:१८, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक गतिविधि बढाउने काम नगर्ने र भएकोलाई पनि खुम्च्याउँदै गए आर्थिक मन्दी हुने बताएका छन्।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलका क्रममा अध्यक्ष ढकालले सो कुरा बताएका हुन्।

उनले उद्योग व्यवसायका लागि ऋण लिँदा एक प्रतिशत भन्दा बढी सेयर भएको व्यक्ति वा उद्योग व्यवसायका लागि ऋण लिन नपाउने व्यवस्था राख्दा अधिकांश उद्योग व्यवसाय बन्द हुने अवस्था सिर्जना हुने बताए। 

आगामी दिनमा रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने र व्यावसायिक क्रियाकलाप बढाउने कुरा गरिरहँदा यसमा निषेध गरे भने रिजल्ट कस्तो आउँछ भनेर विचार गर्नुपर्ने अध्यक्ष ढकालको भनाई थियो। उनले मस्यौदामा लेखिएको विषयमा जाने हो भने अर्थतन्त्रमा ठूलो संकट आउने स्पष्ट पारे।

उनले भने, ‘हामी इकोनोमिक एक्टिभिटि बढाउने हिसाव नगर्ने र भएकोलाई पनि खुम्च्याउँदै जाने हो भने डिजास्टर हुन्छ। वास्तवमा यसले पार्ने प्रभावको अध्ययन नगरी यो ड्राफ्ट बनाइएको हो? बैंकमा एक प्रतिशत भन्दा बढी सेयर भएको व्यक्तिले कुनैपनि उद्योग व्यवसायमा ऋण लिन नपाउने हो भने अथवा ऋण लिएको छ भने एक प्रतिशतभन्दा बढी सेयर बिक्री गर्नुपर्ने हुन्छ त्यसमा पनि त्यो सेयर परिवार अथवा नजिकका कम्पनीहरुलाई बेच्न नपाइनेछ। यदि त्यसो भयो भने यी अधिकांश उद्योग व्यवसायहरु बन्द हुने अवस्था एकातिर हुन्छ भने रोजगारी दिने कुराहरुलाई व्यवसायिक एक्टिभिटि बढ्छ त्यो चिजहरुमा ब्रेक लाग्छ।’

उनले थपे, ‘यो मस्यौदामा आएजतिमा जाने हो भने धेरै ठूलो संकट आउँछ भन्ने मलाई लाग्छ। हामीले कुनैपनि कानुन बनाउँदा र त्यो कानून आइसकेपछि त्यसबाट पर्ने प्रभावलाई ऐन आउनुअघि नै अध्ययन हुनुपर्ने देखिन्छ।’


उनले कुनैपनि कानुन बनाउँदा र कानुन आइसकेपछि त्यसबाट पार्ने प्रभावलाई कानुन आउनुअघि नै अध्ययन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad