कारोबार


कर्जा प्रवाहमा सुधार आयो, अब निष्क्रिय कर्जा व्यवस्थापन सहज हुन्छ : राष्ट्र बैंक

‘आन्तरिक माग व्यवस्थापनमा मौद्रिक नीतिले जोड दिन्छ’
कर्जा प्रवाहमा सुधार आयो, अब निष्क्रिय कर्जा व्यवस्थापन सहज हुन्छ : राष्ट्र बैंक

नेपालखबर
जेठ ११, २०८२ आइतबार २१:३२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार आएको जनाएको छ। 

चालू आवको ९ महिनामा विभिन्न क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रबाट हुने कर्जा प्रवाह विस्तार भएकाले यसको सकारात्मक असर अर्थतन्त्रमा देखिने केन्द्रीय बैंकले उल्लेख गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट रु.३६७ अर्ब ६० करोड थप कर्जा प्रवाह भएकोमा निर्माणतर्फ ११.४ प्रतिशत (रु.२३ अर्ब ६८ करोड), औद्योगिक उत्पादन क्षेत्रतर्फ ९.६ प्रतिशत (रु.७८ अर्ब ९२ करोड), उपभोग्य क्षेत्रतर्फ ८.३ प्रतिशत (रु.८४ अर्ब ३३ करोड) र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ५.२ प्रतिशत (रु.५१ अर्ब ५० करोड) कर्जा विस्तार भएको छ। 

त्यस्तै आयात (ट्रष्ट रिसिट) कर्जा ६०.६ प्रतिशतले बढेको छ भने माग तथा अन्य चालु पुँजी कर्जा १७ प्रतिशतले विस्तार भएको छ । 

सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जासमेत ३७.८ प्रतिशतले बढेको छ । कर्जा प्रवाहमा भएको क्रमिक वृद्धिले आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुगेको छ । न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार हुँदै जाँदा आर्थिक गतिविधिमा सुधार आई बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै जाने अनुमान छ ।

समग्र मागमा सुधार आएकोछ । अर्थतन्त्रको क्षमता उपयोगमा सुधार आउन थालेको छ । मुद्रास्फीति लक्षित सीमाभन्दा कम रहेको छ ।

आर्थिक गतिविधिमा आएको सुधारलाई दिगो बनाउन सहयोग पुग्ने गरी आन्तरिक मागको व्यवस्थापन हुन सकेमा मात्र आर्थिक तथा वित्तीय सन्तुलन कायम राख्न र ब्याजदरमा आउने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सम्भव हुने भएकाले सन्तुलित स्तरमा मौद्रिक तरलता कायम राखी समग्र आन्तरिक माग व्यवस्थापन गर्नेतर्फ मौद्रिक नीतिको जोड रहने केन्द्रीय बैंकको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad