नेपाल राष्ट्र बैंकले विदेशी लगानीसम्बन्धी व्यवस्थालाई विनियमावलीमा मिलाउने भएको छ।
पछिल्लो पटक सरकारले यससम्बन्धी केही ऐनहरू संशोधन गरेकाले संशोधित व्यवस्थाअनुकूल विनियमावली जारी गर्ने भएको हो।
केन्द्रीय बैंकका अनुसार लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिनेछ।
त्यस्तै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ।
129
Shares

प्रतिक्रिया