श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले भिजिट भिसामा जानेहरू श्रम मन्त्रालय तथा मातहतको विभागहरूको सरोकारको विषय नरहेको बताएका छन्।
शुक्रबार विभाग पुगेका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक भट्टराईले भिजिट भिसा लिएर विदेश जानेसँग श्रम मन्त्रालय तथा मातहतका कुनै पनि निकायसँग कुनै पनि सरोकार नरहेको बताएका हुन्।
उनलेने भने, ‘भिजिट भिसा लिएर जानेहरूसँग हाम्रो मन्त्रालय र विभागहरूको कुनै पनि सरोकार छैन। त्यो विषय विशुद्ध अध्यागमनको क्षेत्राधिकारभित्र पर्दछ। हामीले केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरूको हकमा मात्रै हाम्रो सरोकार रहन्छ।’
महानिर्देशक भटटराईले श्रम स्वीकृति लिएर जाने कामदारहरूले विभागबाट श्रम स्वीकृति लिन निकै सास्ती भोग्नु परेको अवस्थामा हाल आएर त्यसलाई छिटोछरितो र समस्यारहीत श्रम स्वीकृति प्रदान गर्न विभागले तदारुकताका साथ काम अगाडि बढाएको बताए।
‘वैदेशिक रोजगारका लागि जाने श्रमिकले एप्लाई गरेकै दिन श्रमस्वीकृति प्रदान गर्ने व्यवस्था गरेका छौँ। अझै चुस्तदुरुस्त बनाउन प्रयासरत छौँ। यसले श्रम स्वीकृतिका लागि काम गरी रहेका विचौलियाहरूको चेन ब्रेक गर्नेछ। हामी व्यापक सुधारका लागि काम गरी रहेका छौँ’, उनको भनाई छ।
कोरिया जानेहरूको विषयमा सोधिएको एक अर्को प्रसंगमा महानिर्देशक भट्टराईले कोरियाका लागि इ९ र इ७ भिसा फरक फरक भएको बताउँदै यसको विषयमा कोरिया जाने कामदारबीच कुनै पनि दुविधा गर्न नहुने बताए।
उनले भने, ‘अहिले कतिपयलााई कोरियाका लागि इ९ र इ७ भिसा बारेमा चिन्ता गरेको देखिएको छ। यसमा दुविधा हुनुहुँदैन, यि दुई क्याटोगरीका भिसाहरु फरक फरक किसिमका हुन्। दुवै क्याटोगरीमा जान मिल्छ। बरु, उल्टै बढीले कोरिया जाने अवसर प्राप्त गर्नेछ। इ९ भिसा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धीत र जारी गर्नेछ भने इ७ भिसा कोरिया सरकारकै न्याय मन्त्रालयद्धारा जारी गरिने भिसा तथा सम्बन्धीत छन्। भखैरै कोरियाबाट आएका प्रतिनीधिसँग हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ।’
महानिर्देशक भट्टराईले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गर्दै थालिएका सुधारका संकेत सबैले महसुस गरिने विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया