कारोबार


ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन

ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १५:२, काठमाडौँ

ताप्लेजुङमा विद्युतको तारमा अल्झिएर भएको बोलेरो दुर्घटनाबारेको छानबिन प्रतिवेदन बुझाइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिवेदन बुझेका हुन्।

२०८२ वैशाख ८ गते ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो गाडी विद्युतको तारमा अल्झिएर दुर्घटना भएलगत्तै मन्त्रीस्तरीय निर्णयमार्फत विद्युत विकास विभागका सुपरिडेन्टेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो। 

समितिले सो दुर्घटनाबारे तयार गरेको विस्तृत प्रतिवेदन शुक्रवार मन्त्रीसमक्ष बुझाएको हो। मन्त्री खड्काले प्रतवेदन बुझ्दै विद्युत् सेवा वितरणमा लापरवाही र हेलचेक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न निर्देशन दिए। 

मन्त्री खड्काले दुर्घटनामा चार जनाको ज्यान गएको र दुई गम्भीर घाइते भएको घटनालाई राज्यका लागि गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै सम्बद्ध निकायलाई तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिएका हुन्।

यस्ता लापरवाहीहरूप्रति शून्य सहनशीलताको नीति अख्तियार गरिने उनको भनाइ थियो। उनले पीडित परिवारलाई तत्काल राहत तथा दीर्घकालीन क्षतिपूर्ति सुनिश्चित गर्न समेत सम्बद्ध निकायहरूलाई निर्देशन दिइसकेको जानकारी गराए।

समितिको प्रतिवेदनमा दुर्घटनाको मूल कारण पोलको इन्सुलेटर फुस्किनु, कम दृश्यता, सवारीको छानामा राखिएको संरचनाले विद्युत् तार छोएको र विद्युत् प्रवाह रोक्ने सुरक्षा प्रणालीले काम नगरेको जस्ता गम्भीर प्राविधिक कमजोरीहरू औँल्याइएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad