सान्भी इनर्जी लिमिटेडको प्राथमिक सेयर आजबाट निष्काशन भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेपछि सर्वसाधारणका लागि आजबाट आईपीओ निष्काशनमा ल्याएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्काशन गरेको छ।
कम्पनीले निष्काशन गरेको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजारसम्मका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ १३ गते हुनेछ भने ढिलोमा जेठ २३ गते हुनेछ।
यसअघि कम्पनीले ८ करोड ८० लाख रुपैयाँबराबरको ८ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र २ करोड ९१ लाख रुपैयाँबराबरको २ लाख ९१ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ५ हजार २०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि बाँडफाँट गरेको थियो।
Shares

प्रतिक्रिया