दूधकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रवन्धक विमल गुरुङ नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयको जगेडामा सरुवा भएका छन्।
आयोजनाले गुरुङलाई बुधबार काज फिर्ताको पत्र दिएको हो।
उनलाई यही ’२०८२ जेठ ६ गतेको निर्णयानुसार इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत नर्म्स, स्पेसिफिकेसन तथा डिजाइन महाशाखामा काज फिर्ता गरिएको’ प्राधिकरणका उपनिर्देशक हरिप्रसाद घिमिरेले जनाएका छन्।
गुरुङलाई ‘नियमानुसार बरबुझारथ गरी काज फिर्ता गरिएको कार्यालयमा हाजिर भई कार्य’ गर्न भनिएको छ।
यसअघि ऊर्जा मन्त्रालयको दबाबमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उनलाई पदबाट हटाउन निर्देशन दिएको थियो।
सीईओ गुरुङले केही समयअघि फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली तथा ऊर्जामन्त्री दीपक खड्काको फोटो राखि उनीहरूलाई कालकोठरीमा पुर्याउनुपर्ने लेखेका थिए।
Shares

प्रतिक्रिया