समाज


बालकुमारीबाट १६८ थान मोबाइलसहित २ जना पक्राउ

बालकुमारीबाट १६८ थान मोबाइलसहित २ जना पक्राउ

नेपालखबर
जेठ ७, २०८२ बुधबार १९:३७, काठमाडौँ

काठमाडौँ महानगरपालिका- ३२ बालकुमारीबाट १६८ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-१३ घर भई बाफल बस्ने २४ वर्षका शंखर श्रेष्ठ र भक्तपुरको भक्तपुर नगरपालिका-२ का २३ वर्षका कुशल सिल्पकार छन्। 

बालकुमारीस्थित सडक खण्डमा चेक गर्नेक्रममा प्रहरी प्रभाग कोटेश्वरको टोलीले मोबाइलसहित फेला पारेको र ती मोबाइल अवैध रुपमा भित्र्याएको प्रहरीको दाबी छ। 

बरामद भएका मोबाइलमा भिभो ३० थान, सामसुङ २५ थान, ओपो १७ थान, रियल्मी १६ थान, रेडमी १३ थान, आइफोन १३ थान, वान प्लस १० थान, मोटोरोला ६ थान, नोकिया ३ थान र अन्य कम्पनीका ३५ थान मोबाइल छन्। यस विषयमा थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad