कारोबार


चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग

चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग

नेपालखबर
जेठ ७, २०८२ बुधबार १४:४५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन्।

बुधबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले चुरोट र रक्सीमा कर बढ्ने चाल पाएपछि उत्पादन बढाएर नयाँ गोदामभित्र सामान भरेर बजारमा अभाव देखाउने व्यापारीको दम्भ अन्त्यका लागि पनि कर बढाउनु उपयुक्त नहुने बताए।

उनले भने, ‘बजेट आउँदैछ। बजेटमा करका दर बढाउनु भनेको चलखेल पनि हो। तसर्थ करको दर बढ्ने चाल पाएपछि वा चाल दिएपछि उत्पादन बढाएर नयाँ नयाँ गोदामभित्र आफ्ना सामान भरेर राख्ने व्यापारीहरु छन्। तसर्थ मेरो दुई हात जोडेर बिन्ति छ कमसेकम यसपटक चुरोट र रक्सीमा कर नबढाउनुस्। अनि हेरौँ व्यापारीको दम्भ।’

उनले विगतलाई हेरेर साँठगाँठमा भन्सारमा हुने चुहावट रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए। अहिले नेपालमा विचौलियाको कुरा धेरै चलेको उनको भनाई छ।

उनले संसदमा पक्षमा हुँदा सरकारले जे गरेपनि तालि बजाउने र विपक्षमा हुँदा विरोधमात्र गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad