नेपाल रन मकाउले गर्‍यो दौड प्रतियोगिता

नेपाल रन मकाउले गर्‍यो दौड प्रतियोगिता

नेपालखबर
जेठ ७, २०८२ बुधबार १५:०, मकाउ

नेपाल रन मकाउले यहाँ दौड प्रतियोगिता गरेको छ। गएको शनिबार मकाउको ताइपामा रहेको साइकल ट्र्याकमा प्रतियोगिता आयोजना गरिएको हो।

दौडमा नेपाली, फिलिपिन्स र स्थानीय गरी ५० जना भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएका छन्। प्रतियोगिता मकाउ वाटर रनको सहकार्यमा भएको हो।

५ किलोमिटरको दौड प्रतियोगितामा पुरुषतर्फ नेत्र घलेले बाजी मारे। उनले निर्धारित दूरी १८ मिनेट ५ सेकेन्डमा पूरा गरेका थिए। त्यस्तै, देव तामाङ र गोर्खा चन्दले निर्धारित दूरी क्रमश: १९ मिनेट ५ सकेन्ड र १९ मिनेट ७ सेकेन्डमा पूरा गरी दोस्रो र तेस्रो भए।

महिलातर्फ भने पहिलोदेखि तेस्रोसम्मै फिलिपिनोले वर्चस्व कायम गरेका छन्। २० मिनेट ६ सेकेन्ड, २७ मिनेट ३८ सेकेन्ड र २८ मिनेट ५१ सेकेन्डमा निर्धारित दूरी पार गरी ग्रेस, फ्लोरा र निकी क्रमश: पहिलो, दोस्रो र तेस्रो भए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .