कारोबार


वीरगञ्ज भन्सारमा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

वीरगञ्ज भन्सारमा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

नेपालखबर
जेठ ७, २०८२ बुधबार १२:३५, वीरगञ्ज (पर्सा)

आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गरेको छ। 

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौँ महिनाको अवधिमा रु छ अर्ब १३ करोड ९५ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा रु छ अर्ब ६५ करोड ७९ लाख आठ हजार अर्थात १०८ दशमलव ४४ प्रतिशत राजस्व सङ्कलन गरेको हो।  

कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईँले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताए। 

'कार्यालयले चालु आवको नौँ महिनाको लक्ष्यको आधारमा अन्तःशुल्क करतफ १३९ प्रतिशत राजस्व सङकलन गरेको छ,' उनले भने,'आयकरतर्फ पनि करिव शतप्रतिशतकै हाराहारीमा राजस्व सङ्कलन भएको छ।'
 

विभागले कार्यालयलाई आयकरतर्फ चैतसम्म रु दुई अर्ब १३ करोड २५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले आन्तरिक आयतर्फ चैतसम्म दुई अर्ब ११ करोड ४७ लाख ५७ हजार अर्थात ९९ दशमलव १७ प्रतिशत राजस्व सङ्कलन गरेको छ। 

त्यस्तै अन्तःशुल्क करतर्फ दुई अर्ब १६ करोड ६१ लाख लक्ष्य रहेकोमा तीन अर्ब ९६ लाख २४ हजार अर्थात १३८ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको छ। त्यस्तै बहाल करतर्फ २२ करोड ९१ लख चार हजार सङ्कलन गरेको छ। 

त्यस्तै व्याज करतर्फ भने ४५ करोड ५७ लाख सङ्कलन गरेको छ। मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ७५ करोड ३३ लाख ६७ हजार लक्ष्य राखेकोमा एक अर्ब ४३ करोड ३९ लाख ९४ हजार अर्थात ८३ दशमलव ५ प्रतिशत राजस्व सङ्कलन गरेको छ। विभागले कार्यालयलाई वर्षभरिमा भने आठ अर्ब ७१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad