सत्तारुढ नेकपा (एमाले) सांसद दयालबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने गरेको टिप्पणी गरेका छन्।
पूर्वाधार विकास समितिको बुधवारको बैठकमा बोल्दै उनले कर्मचारीलाई आफ्नो रोल मोडल जस्तो बनाएर रुने असर माओवादीमा रहेकोबताए। उनले अमेरिकाले त्यत्तिका कर्मचारी र कार्यक्रमहरु हटाउँदा कहीँ पनि बिरोध नहुने तर नेपालमा भने रोई कराइ गर्ने परिस्थिति निर्माण भएको भन्दै दुःख व्यक्त गरे।
‘केही कुरा के छ भने हल्लाको पछि हामी लागेका छौँ, अमेरिकाले त्यत्तिका कर्मचारी हटायो, त्यत्रा प्रोग्राम खारेज ग¥यो, त्यहाँ रोइ कराइ छैन,’ शाहीले भने, ‘एक कर्मचारी हटाउँदा उनै साथी के भन्छन् भने राष्ट्रपति सिस्टममा जाऔँ। यो सिस्टम खराब भयो भन्छन्। राष्ट्रपतीय प्रणाली आएपछि त डोनाल्ड ट्रम्प भन्दा बलियो राष्ट्रपति हुन्छ हाम्रो। उनै साथीहरु एउटा कर्मचारी हटाउँदा रोइ कराइ छ।’
उनले थपे, ‘कुलमान घिसिङका व्यवस्थापकीय क्षमता राम्रो हो। उहाँले आयव्यय देखाउँदा कुनै तिर्नुपर्ने दायित्व छुटाएर नाफा देखाउनुभएको थियो। अहिलेकोले तिर्नुपर्ने दायित्व देखाएर घाटामा छौँ भन्नुभएको छ। सबैले पढेका छौँ त। हिजो माक्स, महात्मा गान्धी, लेनिन भन्थ्यौँ। अहिले हामी राजनीतिक मान्छेहरु घटेर कालिदासको सानो कमा अड्किएर बसेका छौँ। कर्मचारीलाई ठूलो बनाएर बसेका छौँ। कुलमान कुलमान गरेर तीन दिनसम्म रुने बानीको असर पनि कतै कतै छ।’
Shares

प्रतिक्रिया