कारोबार


विश्व पौडेलविरुद्धको रिटमा दरपीठको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा अर्को निवेदन दर्ता, पेसी ६ गते

विश्व पौडेलविरुद्धको रिटमा दरपीठको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा अर्को निवेदन दर्ता, पेसी ६ गते

नेपालखबर
जेठ ४, २०८२ आइतबार १६:१३, काठमाडौँ

अर्थविद् विश्व पौडेलविरुद्ध परेको रिटमा भएको दरपीठको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा अर्को निवेदन दर्ता भएको छ।

अधिवक्ता विशाल थापालगायतले दिएको रिटमा रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ हुने आदेश दिएका थिए। तर दरपीठविरुद्ध शुक्रबार नै उनीहरुले दिएको निवेदन आइतबार दर्ता भएको हो। 

यसको पेसी आगामी ६ गते तोकिएको छ। अब निवेदन दर्ता भएसँगै इजलासमा सुनुवाइ हुनेछ। त्यसपछि पौडेलविरुद्धको रिट दर्ता हुने वा नहुने टुंगो लाग्नेछ।  

प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले भावी गभर्नर पौडेललाई बनाउने पछिल्लो सहमति गरेसँगै उनीविरुद्ध सर्वोच्चमा रिट पेस भएको थियो।

सरकारले चैत ११ मा गठित गभर्नर सिफारिस समितिलाई विघटन गरी पुनः अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य रहने गरी गठन गरिसकेको छ।

गत चैत २५ यता गभर्नर पद रिक्त छ भने कायममुकायम गभर्नरको जिम्मेवारी डा. नीलम ढुंगानाले वहन गरिरहेकी छिन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad