कारोबार


आइडियल यमुना र यससम्बद्ध ५ सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि समितिले माग्यो आवेदन

आइडियल यमुना र यससम्बद्ध ५ सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि समितिले माग्यो आवेदन

नेपालखबर
जेठ ४, २०८२ आइतबार १२:४०, काठमाडौँ

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरुको रकम फिर्ताका लागि आवेदन दिन भनेको छ।

समितिले आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था,नयाँ बजार काठमाडौं र सोसँग सम्बद्ध संस्थाहरु तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, सगरमाथा बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, घुदुङ बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताबाट आवेदन माग गरेको हो। 

उक्त सहकारी समस्याग्रस्त भएपछि सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको समितिमा आवेदन परेको थियो। आवेदन परेपछि समितिले सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनुपर्ने रकमसहित ३५ दिनभित्र आवेदन दिन भनेको हो।

समितिको वेबसाइटमा गएर अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी पेस गर्नुपर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad