नेकपा एमालेका सांसद भीम आचार्यले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उमेर बढाउन प्रस्ताव गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले सरकारले आगामी बजेटमै व्यवस्था हुने गरी सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउन सुझाव दिएका हुन्।
'सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउने, दोहोरो सुविधा बन्द गर्ने, त्यसलाई क्रमशः योगदानमा आधारित बनाउँदै जाने,'उनले भने।
त्यस्तै उनले कर्मचारीको अवकाश उमेर ६२ बनाउनुपर्ने पनि बताए। सांसद आचार्यले औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला र प्रोत्साहन गर्नुपर्ने धारणा राखे।
1.0k
Shares

प्रतिक्रिया