कारोबार


निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः चन्द्र ढकाल

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः चन्द्र ढकाल

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १२:३९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्।  

बुधबार काठमाडौँमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले परम्परागत रूपमै व्यवसायीहरू आफ्नो नाफाको लागि मात्रै कुरा गर्छन् भन्ने दृष्टिकोण रहेको भन्दै उक्त धारणा गलत भएको बताएका हुन्।  

'प्राइभेट सेक्टरलाई हेर्ने जुन एउटा दृष्टिकोण छ परम्परागत रूपमा, यिनीहरू व्यवसायीहरू नाफाको लागि मात्रै कुरा गर्छन् भन्ने दृष्टिकोण आम पब्लिकमा पनि छ। जुन धेरै गलत छ। त्यो धारणा परिवर्तन गर्नुपर्छ,' उनले भने, 'जबसम्म हामीले लगानी गर्नको लागि, राजश्व बढाउनको लागि, रोजगारी सिर्जना गर्नको लागि आम पब्लिकलाई दिने सर्भिस जुन प्राइभेट सेक्टरले दिएको छ, त्यसलाई वृद्धि गर्ने हिसाबले वास्तवमा चाहे केन्द्र, प्रदेश र स्थानीय तहको तर्फबाट आउने बजेटमा त्यसलाई प्राथमिकता दिनुपर्छ। निजी क्षेत्रको लगानीलाई वृद्धि गर्ने तरिकाले जानुपर्‍यो।'

निजी क्षेत्रलाई लगानीको वातावरणको सिर्जना गराउनु आजको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad