वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदरमा खासै फेरबदल गरेका छैनन।
कर्जा योग्य रकम तरलता पर्याप्त भएको हुँदा बैंकहरुले पुरानै ब्याज दरलाई जेठमा पनि निरन्तरता दिएका हुन्।
वैशाखकै ब्याजदरलाई निरन्तरता दिनेमा १५ वटा बाणिज्य बैंक छन् भने ५ वटा वाणिज्य बैंकले ब्याजदरमा सामान्य हेरफेर गरेका छन्।
जसमा नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले व्यक्तिगत निक्षेपतर्फ १ प्रतिशतले ब्याज घटाउँदा कुमारी बैंक र सानिमा बैंकले ०.२५ र ०.०१ प्रतिशतले ब्याज घटाएका छन्।
वाणिज्य बैंकहरुले औसतमा जेठका लागि निक्षेप तर्फको ब्याजदर ५.९ प्रतिशतमा राखेका छन् भने संस्थागत तर्फ ४.३९ प्रतिशतमा राखेका छन्।
228
Shares

प्रतिक्रिया