समाज


रविको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा

रविको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार ११:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा पेशी तोकिएको छ।

यसअघि हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्दा याे निवेदनमा सुनुवाइ हुन सकेको थिएन। 

यही वैशाख ९ मा न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले रविकाे निवेदनमा कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि यो निवेदनको अन्तिम किनारा लाग्न सकेको छैन। 

सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछाने अहिले रुपन्देही कारागारमा छन्। उनलाई जिल्ला अदालतले एक करोड रुपैयाँ धरोटीमा हिरा गर्न आदेश दिएको थियो। 

तर उक्त आदेश बदर गर्दै उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। आदेश लगतै लामिछानेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले निवासबाटै पक्राउ गरेर हिरासतमा राखेको थियो। 

त्यसको भोलिपल्ट रुपन्देही लगेर उनलाई कारागार चलान गरिएको थियो। तर रवि पक्राउ र कारागार चलानको विषयमा प्रस्न उठाउँदै उनकी पत्नी निकिता पौडेलले बन्दी प्रत्यक्षीकरण निवेदन दायर गरेकी हुन्। 

उनकाे निवेदनमा रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरिएको छ।

यस्तै उनीसँगै कारागारमा रहेका छविलाल जोशीको निवेदन पनि सँगै पेशी तोकिएको छ। छविलाई भने जिल्ला अदालतले नै थुनामा पठाएको थियो। 

आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दुवैले सर्वोच्चमा निवेदन दिइसकेका छन्। ती निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने गरी पेशी तोकिएको हाे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad