कारोबार


नेपालको रेलसेवामा दक्षिण कोरिया इच्छुक, दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन हुने

नेपालको रेलसेवामा दक्षिण कोरिया इच्छुक, दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन हुने

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार २०:३, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरीयालाई आग्रह गरेका छन्। 

मंगलबार मन्त्री दाहालसँग भेट गर्न आएको दक्षिण कोरीयाली रेल कम्पनी कोरेलका प्रतिनिधीहरुसँगको भेटमा उनले रेल सेवाको विकाश र विस्तार नेपाल सरकारको समेत प्राथमिकताको विषय भएकाले लगानीका लागि आग्रह गरेका हुन्।

नेपाल धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले सम्पन्न राष्ट्र भएकाले त्यस्ता गन्तव्यहरुलाई लक्षित गरि रेल सेवाको विस्तारमा अध्ययन, अनुसन्धानका लागि समेत मन्त्री दाहालले आग्रह गरे।

लामो तथा छोटो दुरीको रेल सेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाई रहेको उल्लेख गर्दै उनले लगानीका विभिन्न ‘मोडल’ बारे पनि छलफल गर्न सकिने उल्लेख गरे।

छलफलका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेल मार्ग विस्तार उपयोगी हुने बताए।

विज्ञ सम्मिलन कार्यदल गठन हुने
लगानी वोर्डका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा रेल मार्गको विकास र विस्तारका लागि दुवै देशका विज्ञहरुले विभिन्न मोडलमा अध्ययन गर्ने जनाए। केही दिन भित्रमानै दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन गरिने उनले जनाए।

छफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेल मार्ग विकासका लागि विभिन्न साझेदारहरुसँग छलफल भई रहेको बताए।

कोरियाली प्रतिनिधी मण्डलको नेतृत्व गरेका कोरेलका प्रमुख कार्यकारी हान मुन हीले १ सय २६ वर्ष पुरानो कम्पनीले विश्वका विभिन्न देशमा रेल मार्गको विकास र विस्तारका लागि कार्य गर्दै आएको बताए।

नेपालमा अध्ययन तथा लगानीका लागि नेपालको लगानी वोर्ड, रेल विभाग तथा कोरेल विच दर्विलो विश्वासको वातावरण बनाई थप कार्य अघि बढाउन सकिने उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad