कारोबार


चैतमा महँगी वृद्धिदरमा कमी, उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत

चैतमा महँगी वृद्धिदरमा कमी, उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १७:३६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चैत महिनामा महंगी वृद्धिदर घटेको बताएको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय प्रतिवेदनले चैत मसान्तसम्म महँगी घटेको उल्लेख गरेको हो।

राष्ट्र बैंकका अनुसार २०८१ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत थियो। 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत छ।

अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.२२ प्रतिशत र ४.२० प्रतिशत थियो। 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ। 

त्यसैगरी तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासुको ०.८९ प्रतिशतले घटेको
छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad